धमाका संवाददाता
दैलेख असार १७
नेपाल सरकार कृषि बिकास मन्त्रालय उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको गतिबिधिहरुको नतिजा, सिकाई तथा अनुभब आदान प्रदान सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृषि बिकासको अन्र्तराष्ट्रिय कोष जे एफ ए डि को आर्थिक सहयोगमा उच्च मूल्य कृषिवस्तु विकास आयोजना ७ वटा जिल्लामा संचालन भइरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकहरु
ले आयोजना लागु भए पश्चात आफुहरुलाई कृषि बस्तु उत्पादन संगै उत्पादन भएको कृषि बस्तुको ब्यवस्थापन, भण्डारण र बजारीकरण सम्बन्धि जानकारी भएको समुह सहकारीमा आबद्ध कृषकहरुले बताएका छन । उनिहरुका अनुसार हाल आएर गुणस्तरीय कृषि बस्तु उत्पादन गरी घरको आर्थिक स्तरमा बृद्धि भएको बताएका छन् ।
कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुवेदीले कृषक हरुलाई ब्यवसायीक रुपमा ब्यवसाय सुरु गर्नको लागी आग्रह गर्दै किसानहरुको समस्यालाई मध्यनजर गरी नयाँ प्रविधिमा जोड दिनुपर्ने बताए ।
उनले दैलेख जिल्ला कृषि उत्पादनको हिसावले धेरै सम्भावना बोकेको बताउदै जिल्लालाई कृषि ब्यवसाय मार्फत आत्मनिर्भर बनाउनु पर्ने बताए ।
उच्च कृषि मुल्य आयोजनाका योजना अधिकृत बुद्धिराज घिमिरेले आयोजनालाई सफल पार्न कृषकको महत्वपुर्ण भुमिका रहने बताउदै जिल्लामा सम्भावना भएका कृषि बस्तुहरु उत्पादनमा ध्यान दिनु पर्ने बताए ।









